
काठमाडौँ/नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतको पाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए।
सोमबार प्रतिनिधि सभामा प्रचण्डको पक्षमा १७२ जना सांसदको मत दिएका छन् । यस्तै उनको विपक्षमा ८९ जना सांसदले मत हालेका छन् भने एक जना सांसदले दुवै पक्षमा मतदान नगरेको सभामुख देवराज घिमिरेले बताए ।यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे । यस्तै एक सांसद तटस्थ रहे । प्रतिनिधिसभामा भएको मतदानमा कुल २६२ सांसद उपस्थित थिए ।यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले २६८ सांसदको मत पाएका थिए । यस्तै दुई सांसदले विपक्षमा मत दिएका थिए ।यो बीचमा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो । दोस्रो पटक प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिए ।