ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना : ३ जनाको मृत्यु

132
0
Share:

काठमाडौँ/नेपालगन्जदेखि ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको ट्रक दुर्घटना हुँदा बुधबार तीन जनाको मृत्यु भएको छ। बिहान करिब पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका-४, तालपोखरी भन्ने स्थानमा भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटना भएको हो।

दैलेख प्रहरीका अनुसार चालक कृष्ण चौधरी, कामदारहरू लक्ष्यीराम चौधरी र विष्णु चौधरीको मृत्यु भएको छ। सहचालक भने सकुशल छन्।

सहचालकले ट्रकमा ओट लगाउँदालगाउँदै ट्रक खसेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ। ट्रक सडकदेखि झण्डै डेढ सय मिटर तल खसेर अर्को सडकमा पुगेको प्रहरीले जानकारी दिएको छ। सिलिन्डर सडकभरि छरिएका छन्।

Share: