राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

192
0
Share:

काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन्। आज बोलाइएको बैठकमा सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने संघीय संसद्‌‌ सचिवालयका प्रवक्ता दशरथ धमलाले हिमालप्रेसलाई जानकारी दिए। आजको बैठकमा ‍विभिन्न प्रस्तावसमेत पेस गर्ने जनाइएको छ।

 

प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिएसँगै पहिलो पटक प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्न लागेका हुन्।राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८र७९ सभा समक्ष पेस गर्ने कार्यसूची छ।

 

त्यस्तै सांसद भुवन बहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक(सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ।बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्।

 

Share: