सरकारबाट देश र जनताको हित हुनै सक्दैन : प्रेम सुवाल

131
0
Share:

काठमाडौँ/ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका छन् ।आइतबार भक्तपुरमा गणेश माध्यमिक विद्यालयले आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुवालले अहिले सिद्धान्तहिन गठबन्धनको सरकार बनेकाले सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका हुन् ।

 

जोत्नेलाई जमिन दिने र नेपालमै रसायनिक मल कारखाना खोल्ने, सिचाईको व्यवस्था गरेर उत्पादन बढाउनुपर्ने उनले बताए । उनले नेपालकै लगानीमा जलविद्युत आयोजनाहरु निर्माण गरेर बिजुलीको अधिकतम उपयोगमार्फत ग्यासको उपयोगलाई बन्द गर्नुपर्ने धारणा राखे ।सुवालले अहिले भारतलाई सुम्पेका नदिनालाहरु फिर्ता लिई आफैले उपभोग गर्ने उल्लेख गरेका छन् ।

 

Share: