
काठमाडौँ/नेपाली कांग्रेसले २०७९ सालभन्दा अघि बागी उठेका कांग्रेस नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आगामी बैशाख १० मा उपनिर्वाचन हुने क्षेत्रहरुमा ७९ भन्दा अघि उठेका बागी उम्मेदवारहरूको कारबाही फुकुवा भएको हो ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुको पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिएका छन् ।तर, २०७९ को निर्वाचनको सवालमा भने नेताहरूले उपनिर्वाचनमा खेलेको भूमिका हेरेर निर्णय गरिने बताइएको छ ।
यो पनि पढनुहोस :