के हो कम्युनिस्टहरुको साम्यवादी ब्यबस्था? नेपालमा लागु होला ?

272
0
Share:

नन्दराम खड्का,  काठमाडौँ/खासगरी नेपाली कम्युनिस्ट नेताहरूले हाम्रो अन्तिम लक्ष्य साम्यवाद हो भनेर कार्यक्रम हरुमा भाषण गरेको चिया चौतारोमा कुरा गर्दा होस् या अन्य कुनै प्रसङ्गमा थुप्रैपटक सुन्दै आएको शव्द हो।देशमा यही ब्यबस्थाका लागि वर्षौ क्रान्ति चल्यो रगतको खोला बगाइयो,कयौं मारिए,कति घाइते छन्।तर देशमा किन उनिहरुको ब्यबस्था आएन ?

वास्तबमा के हो त साम्यवाद ?

साम्यवाद एक बिशिस्ट राजनैतिक दर्शन हो।वर्गविहीन समाज साम्यवादको मुख्य भाव हो।यसलाई अर्को शव्दमा समतामूलक समानता सहितको समाज निर्माणको दर्शनको रुपमा बुझन सकिन्छ ।कालमाक्सको द्वन्द्वात्मक ऐतिहासिक सिद्धान्त भित्र राजनैतिक चरणहरु पार गरिसकेपछि मात्र साम्यवादमा पुगिदो रहेछ।साम्यवादका लागि क्रान्ति महत्वपूर्ण शुत्रका रुपमा उनेले बताएका छन्।

 

सिद्धान्त प्रतिपादन गर्दा माक्सले समाजलाई ५ प्रकारमा बिभाजन गरेका छन् ।उनको यो सिद्धान्तमा देशको पुजी परिचालनको निति पनि सिकाईएको छ।मुख्य गरि देशका उत्पादनकर्ता रउत्पादन नियन्त्रण गर्ने अर्थात उत्पादन गर्नेलाई शोसित र उत्पादन नियन्त्रण गर्ने खरिद गर्ने बर्गलाई शोषकको रुपमा चित्रण गरेका छन्।

 

साम्यवाद लाई बुझ्नन पनि परिकल्पना गरेका ५ राजनैतिक वर्गीकरण समाजमा भने जान्नै पर्छ।आदिम समाज,दाष समाज,सामन्ती समाज,पुँजिबादी समाज,समाजवादी समाज हुँदै क्रान्तिबाट साम्यवादी समाज निर्माण हुदो रहेछ।परिवर्तित समयको कालखण्डसंगै मानिसहरूको चेतना बढ्दै गयो तेरोमेरो र भुमि वर्गीकरण शुरु भयो।

 

भुमि कब्जा गरेर धनि बन्ने होडबाजी चल्यो।भागबण्डाको चरम उत्कर्षपछि समाजका मानिसहरू दुई बर्गमा बाडिन थाले।बलियोले निर्वललाई हेप्न,लुट्ने,गुलाम बनाउने,धेरै जमिन हुनेहरूले असक्त र असायहरुलाई दिनभरि काम लगाएर साझ आधापेटमात्र खान दिने र खाना पनि नदिने जस्ता गतिविधि समजमा बढ्न थाल्यो।यतिबेला समाजमा दाष र दाषीको वर्गीकरण भयो।यसलाई उनले दाषी समाज भनेका छन्।समाजमा दाष प्रथा उत्कर्षमा पुगेपछि समाज पुनः दुई भागमा बिभाजित भयो।

जनसंख्या बढ्दो थियो।खाद्यान्न अभाव हुन थाल्यो।अनि धेरै भुमि कब्जा गर्नेहरु जमिनदारका रुपामा उदय भुमि नहुनेहरु खान नपुग्नेहरु कमैया बने।कृषी भुमिमा जमिमदारहरुको नियन्त्रण बढ्न थाल्यो । जमिनदारहरु सामन्ती (स्वामि)र जमिन नहुनेहरु सेवक नोकर बनाइयो।उहि धर्तीमा जन्मिएका मानिसहरु न जमिन कसैले फरक ग्रहबाट ल्याएर आएका थियो। न त बराबर बाडिएको नै थियो?सायद दार्शनिक माक्सलाई यस्तै यस्तै चिन्तले पिरोल्यो होला।

 

त्यसैले यो युगको समाजलाई उनले राजनैतिक कोणबाट सामन्ती समाजको उपमा दिएका छन्।समाजमा कृषी ब्यापक हुन थाल्यो उत्पादनमामा होडबाजी चल्दै गयो।त्यसपछि उद्योग धन्दाहरु स्थापना गर्न शुरुवात गरियो।दाष,स्वामि र शाशक,शोशकहरु उद्योगपति बने उत्पादन खरिद गर्ने उत्पादन नियन्त्रण गर्ने उत्पादनको कम मुल्य दिने,मजदुरहरुलाई अत्यन्त कम पारिश्रमिक दिने र धेरै श्रम गराउने बर्ग भएकालाई यो बर्गलाई माक्सले पुजीपति बर्गको संज्ञा दिएका रहेछन्।

 

भने अर्को उत्पादन गर्ने,ठगिने,कमैया बस्ने,जिन्दगीभर धनिको गुलामी गर्नुपर्ने मजदुरी गरेर साझ बिहान खान पुग्ने पारिश्रमिकता नपाउने हेपिएका र अधिकारबाट बन्चित बर्ग बिचको अन्याय र बिभेदको काल खण्डलाई उनले पुजी वादी समाज नाम दिएका छन्।यतिबेलासम्म समाजको सम्पुर्ण पुजी उद्योगी र घनाध्य बर्गको अधिनमा रहन्छ।किसान जसले उत्पादन गर्छन् उनकै उत्पादनमा उनि भन्दा कयौ गुणा ब्यापारीले कमाउछन,श्रमिक,मजदुर जसको बलले उद्योग चल्छ उनि सधै भोका रहन्छन्।यो अवस्थासम्म आउँदा समाजमा एकल अधिकार हावी भएको हुन्छ।समाज र प्रकृतीका कच्चा पदार्थमा धनिहरुको नियन्त्रण भैसकेको हुन्छ भनेका छन।

 

भ्रष्टाचार तिब्र गतिमा बढ्छ भनेका रहेछन्।उनका अनुसार यो अवस्थामा शोषण चरम उत्कर्श पुगिसकेको हुन्छ।र मानिसहरूमा बर्गीय चेतनाको विकास पनि यहीँ चरणमा हुन्छ।मानिसहरुमा सर्वाधिक जागरुकता पैदा हुन थाल्छ।मानिसहरू अधिकारका लागि लड्न थाल्छन्।र पुजीबादी समाजसम्म आईपुग्दा केहि क्रान्ति पनि हुन्छन।परिवर्तनले समाज समाजवातिर उन्मुख हुन्छ।सर्वहारा क्रान्तिपछि उत्पादन र बितरणमा राज्यको नियन्त्रण हुन्छ।यहाँ राज्यको अवधारणा आउँछ।समाजवादमा जनतालाई कुनै समस्या पर्दैन सबैले समान अधिकार पाउछन्।

 

ब्यबस्थामा समाजमा समानता कायम हुन्छ।राज्यले सबैलाई बराबर अधिकार र न्याँय दिन्छ।तर समाजवादमा धर्म यथावत हुने हुँदा धर्मका नाममा स्वामि सेवक धार्मिक भेदभाव र द्वन्द हुने हुँदा मानव-मानवबिचको विभेद पुर्ण रुपले अत्य भएर जादैन।फेरि राज्य सञ्चालनमा पुजीपती वर्ग पुगे तल्लो वर्गलाई दबाउने,एउटा धर्मको पुगे अर्को धर्मलाई हेप्ने जातिय प्रथा जस्ता संभावित पक्षले समाजमा कहि न कहि प्राकारान्तरले बिभेद कायम रहने माक्सको आकलन रह्यो र उनले समाजमा मान्छे,माछे बिच कुनैपनि बिभेद रहन नदिने ब्यबस्थाको परिकल्पना गरेको त्यहीँ ब्यबस्थाको नाम हो(कम्युनिज्म)अर्थात साम्यवाद।

 

साम्यवादी समाज राज्य विहिन ,वर्ग विहिन ,धर्म विहिन समाज भनेका छन्।जब सम्म राज्य धनि,शोशक,शामन्तहरुले चलाउ छन। तब सम्म शोशित दबिनु पर्छ त्यसैले वर्ग विहिन हुन शोशितहरु एक भएर शाशकहरुको सम्पत्ति खोस्ने समाजमा बाड्ने राज्य संरचना भंग गर्ने,चेतनाले धर्म लुप्त पार्ने,क्षमताका आधारमा काम गर्ने आवश्यक्ताका अधारमा खाने समाज बाट वर्ग र विभेद अन्त्य गर्ने माक्सको दर्शन र सिद्धान्तनै साम्यवादी ब्यबस्था रहेछ।

 

समाजका गरिब,मजुदुर,किसान र पिछडिएका वर्गसंग गुमाउने कुनै चिज हुदैन भनेका रहेछन्।धनि संग गुमाउने अकुत सम्पत्ति हुन्छ त्यसैले शिरमा कफन बाधेर क्रान्ति रहिंसात्मक गतिविधि बाट समाजमा साम्यवाद स्थापना गर्न सकिने माक्सको निस्कर्ष रहेछ।यसरी साम्यवाद कायम गर्दा एकले सबैका लागि र सबैले एकका लागि साझा जिबन वाच्ने ब्यक्तिगत भन्दा सामाजिक कामलाई प्राथमिकता दिइने गरेको छ।

 

माक्सको यो सिद्धान्त रुसका तत्कालीन शाशक ब्लादिमुर र लेलिनले अनुसरण गरेका रहेछन्। त्यसपछि चाइनाका तत्कालीन शासक माओत्सेतुङले अनुसरण गरेका रहेछन्।उनीहरु अहिले विश्व महा शक्तिको रुपमा उदय भैसकेका छन्।साम्यवाद कम्युनिस्ट दलहरूको गन्तव्य हो तर बिडम्बना नेपालका कम्युनिस्ट दलहरू एकपछि अर्को गर्दै बिभाजनको बाटोमा हिडि रहेका छन्।समाजमा मतभेद छ।जातीय द्वन्द यथावत छ।देशमा भ्रष्टाचार बढ्दो छ।धनी दिनदिनै धनि भैरहेका छन्।

 

गरिब दिन दिनै गुणात्मक तरिकाले गरिब बनिरहेको छन ।देशमा रोजगारीको बाताबरण छैन ६० लाख बढी युवा बिदेशमा छन्।साम्यवादकै सपना बोकेर क्रान्ति गरेका १७ हजार ले ज्यान गुमाए,हजारौं घाइते अपांग छन्।नेपालका कम्युनिस्टहरु भने १ बाट दुई र २ बाट चार हुँदै गइरहेका छन्।तर उनीहरुले बाडेको सपना जस्तो ब्यबस्थाप साम्यवाद भने नेपालका लागि साच्चिकै सपना जस्तै बन्यो।सर्वहाराकै लागि हिजो बन्दुक उठाएकाहरु आज सत्ता र कुर्सीको खेलबाट बाहिर निस्कनै सकिरहेका छैनन्।

Share: