सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुने
काठमाडौं/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ । आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ । यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो । आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ । जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ । आजै फैसला भने नआउन सक्छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed