सुन–चाँदीको मूल्य स्थिर(आजको कारोबार मूल्य सहित)

Share:

काठमाडौं/आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको छ ।

 

आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

 

Share: