सुन-चाँदीको मूल्य बढ्यो(आजको कारोबार मूल्य सहित)

Share:

काठमाडौं/मंगलबार सुन-चाँदीको मूल्य बढेको छ ।सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ कायम भएकोमा मंगलबार १४ सय ३५ रुपैयाँ कायम भएको छ ।

 

Share: