कांग्रेससँगको वार्ता समाप्त भयो , काग्रेसले झुटो प्रचार गर्यो : गोविन्दराज जोशी

Share:

काठमाडौ/नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आउनुभएका पूर्वमन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गर्नुभएको छ ।कांग्रेस नेताहरूसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको भन्दै जोशी समूहले आफूहरू विरुद्धको कारबाही फिर्ता भयो भनेर कांग्रेसले झुटो प्रचार गरेकाे आराेपसमेत लगाएकाे छ ।

 

आज एक विज्ञप्ती जारी गर्दै काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता आफुहरुलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल र अपमान गर्ने प्रयत्न भएको महसुस गरेका उल्लेख गरेकाे हाे।‘नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ ।

 

आजदेखि नेपाली काङ्ग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ ।’ जोशी समूले एक विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।

 

कारबाही फिर्ता भन्ने काँग्रेसको वक्तव्यले नेपाली काङ्ग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको भन्दै जोशी समूहले वैशाख १० गते सम्पन्न हुने उप-निर्वाचनमा स्वतन्त्र भई विवेक प्रयोग गर्न आफ्ना समर्थक शुभेच्छुकलाई आग्रह गरेका छन ।

 

Share: