
काठमाडौ/काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका ११ बल्थलीमा छोराले आफ्नै आमाको हत्या गरेका छन ।इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहोराका अनुसार ५२ बर्षिय पुरुषले आफ्नै ९० बर्षिय आमा कान्छी थापालाइ धारिलो हतियारले टाउकोमा हानी हत्या गरेका प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न छोरो मानसिक रोगि भएको बुझिन आएको भए पनी थप अनुसन्धान भइरहेको बोहोराको जानकारी दिए । हत्यामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।सवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानाकारि दिएको छ ।