कोभिड -१९ थप १३६ जनामा संक्रमण पुष्टि

119
0
Share:

काठमान्डौ/पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।१ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोभिड संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

साेही क्रममा कोभिडका संक्रिय संख्या ४०१ पुगेकाे छ भने ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Share: