
काठमान्डौ/फिल्म ‘कबड्डी’मा बिके र ‘जारी’मा मंगल सिंह जस्ता चर्चित पात्रको भूमिका निर्वाह गरेका अभिनेता विजय बराल बुवा बनेका छन् । पत्नी प्रमिलाले आइतबार बिहान साढे १० बजे बागबजार स्थित काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिइन् ।
प्रमिलाले २.६ किलोको शिशुलाई जन्म दिएकी हुन् । उनीहरुले सन्तान पाएको कुरा पहिलो पटक दयाहाङ राईकी पत्नी बेनुकाले सार्वजनिक गरेकी थिइन् । पहिलो सन्तान लाभपछि अभिनेता बरालले सँग खुसी व्यक्त गरे ।
‘खुसी लाग्दो रहेछ । एका तिर हलमा फिल्म सफलता पूर्वक चलिरहेको छ र अर्को तिर सन्तान प्राप्तिको कुरा दुवै खुसीका कुरा हुन् । जारी रिलिजको समय एउटै पर्यो, खुसी लाग्यो,’ बरालले भने ।
कबड्डी र जारीमा उनलाई विवाह गर्न नसकि रहेको पात्रको भूमिकामा देख्न सकिन्छ । ‘जीवन र कथा फरक होला,’ उनले भने । तीन वर्षअघि लकडाउनकै समयमा विजय र प्रमिला बीच विवाह भएको थियो । कामको कुरा गर्दा ‘डिग्री माइला’ उनको आगामी फिल्म हो ।