लामिछानेले मलेसिया विरुद्ध दोस्रो सफलता

129
0
Share:

काठमान्डौ/ एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालका तर्फबाट सन्दीप लामिछानेले मलेसियाविरुद्ध दोस्रो सफलता निकालेका छन् । लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।

 

कप्तान फैज ७६ रन बनाएर क्याच आउट भए । यसअघि नेपाललाई पहिलो सफलता ५.५ ओभरमा गुलशन झाले दिलाएका थिए । मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ ।

 

प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।

 

Share: