
काठमान्डौ/पढ्नका लागि विदेश जाने विद्यार्थीहरूलाई नो अव्जेक्सन लेटर(एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
स्नातक वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि मात्रै एनओसी दिने सरकारले निर्णयले आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएकाहरूले एनओसी निर्देशिका खारेज गर, हामीलाई एनओसी चाहियो लगाएताका प्लेकार्ड प्रदर्शन गरेका थिए ।‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गर्दै शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख छ । जसका कारण लामो समयदेखि भाषा पढिरहेका विद्यार्थीहरू अन्यौलमा रहेका छन् ।