चौका प्रहार गर्नेक्रममा भीमको ब्याट भाँचियो

151
0
Share:

काठमान्डौ/एसिसी प्रिमियर कपमा खराब सुरुवात गरेका नेपालले विस्तारै लय समात्दै छ। दुई ओपनर शुन्यमा गुमाएको नेपालले २८ औं बलमा आएर बल्ल एक रन जोडेको थियो।

 

यसैबीच नेपालका युवा ब्याटर भीम सार्कीले ओमानविरुद्ध चौका प्रहार गर्नेक्रममा ब्याट नै भाँचिएको छ। ओमानका तीव्र गतिका बायाँ हाते बलर बिलाल खानको नवौं ओभरको चौथो बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा भीमको ब्याट भाँचिएको हो।

 

नेपालको लागि पहिलो बाउन्ड्रि पनि भीमले सातौं ओभरमा कटाएका थिए। यो समाचार तयारपार्दासम्म नेपाल ५० रनमा १६ औं ओभरमा खेलिरहेको छ। नेपालको लागि रोहित पौडेल दुई चौकासहित १९ रनमा बनाएर खेलिरहेका छन् भने भीम सार्की चार चौका र एक छक्कासहित ३१ रन जोडेका छन्।

Share: