
काठमान्डौ/एसीसी प्रिमियर कप अन्तरगत ओमानविरुद्ध नेपालले ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।
नेपालले पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको स्कोर पार गरेको हो । योभन्दा अगाडि नेपालको उच्च स्कोर २९७ रन थियो ।नेपालका लागि कुशल मल्लले शतक पुरा गरे ।
मल्लले ६४ बलमा १०८ रन बनाए जसमा नौ चौका र दश छक्का समावेश छन्।त्यस्तै, नेपालका लागि सोमपाल कामीले अर्द्धशतक प्रहार गरे। उनले ४८ बलमा ६३ रन बनाए। उनले नौ चौका प्रहार गरे।त्यस्तै, भीम सार्कीले ३३, आरिफ शेखले र करण केसीले २९-२९ तथा रोहित पौडेलले २३ रन बनाए।



