सुनको मूल्य बढ्दा घट्यो चाँदी(आजको कारोबार मूल्य सहित)

Share:

काठमान्डौ/आज सुनको मूल्य नेपाली बजारमा बढेको छ भने चाँदीको मूल्य घटेको छ।मङ्गलवार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँ बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

 

त्यसैगरी, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा किनबेच भएको थियो।

 

Share: