एएसपी बढुवा प्रति असन्तुष्टि जनाउँदै आभूषण तिम्सिनालेको राजीनामा

128
0
Share:

काठमान्डौ/एएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै एससपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आज वैशाख १७ गतेबाट राजीनामा दिएर नेपाल प्रहरीबाट अलगिने निर्णय गरेको बताएका छन् ।

 

सरकारले गत शुक्रबार प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा तिम्सिना परेका थिएनन् ।एसएसपीमा बढुवाका लागि सिफारिसमा नपरेपछि उनले राजीनामा दिएका हुन् ।

 

नेपालमा प्रहरीमा रहँदा पटक पटक आफूमाथि अन्याय भएको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्‍यो भन्ने कुरा म क्रमश: मेरा आफन्त, साथीभाइ र इष्ट मित्रले पाउने गरी यहि सार्बजनिक मञ्च मार्फत राख्नेछु ।’

Share: