
काठमान्डौ/कञ्चनपुरबाटअवैध लागूऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका-३ मिलनचोक बस्ने २० वर्षीया सन्ध्या चौधरी र बारा, निजगढ नगरपालिका-६ सडकटोल बस्ने ३३ वर्षीय सुमित राउत छन् । उनीहरुलाई हिजो साँझ कञ्चनपुरको बेलौरी नगरालिका-६ नकैयाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले चौधरीको साथबाट ५६ मिलिग्राम र राउतको साथबाट तीन सय ४० पीस लागूऔषध खैरो हिरोइन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी सन्ध्याको साथमा उक्त परिमाणको लागूऔषध फेला पारी नियन्त्रणमा लिइएको थियो भने ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सुमितको घरबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जनाएको छ ।