
काठमान्डौ/पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान केसीलाई जडीबुटीबाट पक्राउ गरेको हो ।
खाँणको सबै व्यवस्थापन गर्ने काम यिनै केसीले गर्दै आएका थिए । ठुला मात्रै होइन, कर्मचारी तथा प्रहरी सरुवामा समेत यिनै केसीले डिल गर्ने गरेका थिए ।