दक्षिण कोरियाको विद्यालयको छत भत्किँदा १४ जना घाइते

121
0
Share:

काठमान्डौ/दक्षिण कोरियाको प्राथमिक विद्यालयको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशाला भित्रको छत खस्दा सो दुर्घटना भएको हो ।

 

एकजना शिक्षक सहित १४ जना घाइते भएको र तिनीहरूको नजिकैको अस्पताल उपचार भइरहेको बताइएको छ । छत भित्रको फिनिसिङ सामाग्री एकैपटक भत्किँदा दुर्घटना भएको अनुमान गरिएको छ तर यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ ।

Share: