जेठ १८ गतेदेखि आइपीओ जारी गर्दै रावा इनर्जी

157
0
Share:

काठमान्डौ/रावा इनर्जी डेभलपमेन्ट कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ जारी गर्न लागेको हो । यो मध्य ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

 

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो ।

 

यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Share: