यात्रीको मोटरसाईकल गुड्दा गुड्दै भाँचिएको भन्ने तस्वीर भाइरल ,यस्तो छ वास्तविक यथार्थ

Share:

काठमान्डौ/गुड्दा गुड्दै मोटरसाइकल भाँचिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि यात्री मोटसाइकल उत्पादक कम्पनीले चासो व्यक्त गरेको छ। सोमबार दिउँसो उक्त कम्पनीको मोटरसाइकलको च्यासिस भाँचिएको तस्वीरहरू सार्वजनिक भएको थियो।

यसप्रति कम्पनीले एक सूचना निकालेर भाँचिएको उक्त मोटरसाइकल व्यावसायिक रूपमा बजारमा नपठाइएको दाबी गरेको छ।’नयाँ डिजाइनको एक भागको रूपमा हामीले लगातार ‘यात्री’का नयाँ भागहरू र प्रणालीहरूको परीक्षण गरिरहेका छौँ।’

 

आन्तरिक परीक्षण कार्यक्रमको एक भागको रूपमा आफ्ना इन्जिनियरहरूले नयाँ चेसिस परीक्षण गरिरहेको पनि यात्रीले बताएको छ। तर यो राम्रोसँग भइनसकेको कम्पनीको दाबी छ।’हामी आशा गर्दछौं कि यसले कुनै पनि भ्रम हटाउन मद्दत गर्न सक्छ’, कम्पनीले स्पष्टीकरण दिएको छ।

 

Share: