रुकुम पश्चिममा जिप दुर्घटना, पाँच जनाको मृत्यु

Share:

काठमान्डौ/रुकुमपश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । आज बिहान बाँफीकोट गाउँपालिका-८, तोरीधारा नजिक लु १ ज १७४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

 

दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १५ जना सवार थिए ।

 

मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफीकोट गाउँपालिका–८ की २२ वर्षीया रेखा खनाल ९केसी०, उनका छोरा रोशन केसी, सोही ठाउँका २३ वर्षीया शितला नाम गरेकी महिला रहेको इलाका प्रहरी कार्यालय रुकुमपश्चिमकी प्रहरी वरिष्ठ हवल्दार रामकुमारी विष्टले जानकारी दिइन् ।

Share: