पूरानै नागरिकता विधेयक प्रमाणीकरण गरिनु राष्ट्रहितविरूद्ध छ : सांसद लामिछाने

263
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै आलोचना बढेको छ । राष्ट्रपति पौडेलले आज एक विज्ञप्ति जारी गरेर नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।

 

तर, सोही नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले आक्रोश व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमा एक स्ट्याटस पोष्ट गर्दै यस विषयमा असमति जनाएका हुन् । लामिछानेले नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि विवादित रहेको नागरिकता विषयमा संसदमा कुनै छलफल नगराइ, पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गर्नु राष्ट्रहितविरूद्ध रहेको बताएका छन् ।

 

उनले लेखेका छन्,’नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’

 

Share: