मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

184
0
Share:

काठमान्डौ/मलेसियाविरुद्धको पाँच खेलको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियालाई २७ रनले हराएको हो ।

 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो। नेपालका लागि सीता रानामगरले २१ रन जोडिन् भने ज्योति पाण्डेले २३ रनको योगदान गरिन् । इन्दू बर्माले २० रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन् । रुबिनाले रनआउट हुनुअघि १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

 

बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन् । १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो । उसका लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ६ चौका हिर्काइन् ।

 

बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा पराजित हुँदा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । आजको जितसँगै नेपालले सिरिजमा २९१ को अग्रता लिएको छ ।

 

सिरिजको चौथो खेल शनिबार तथा अन्तिम खेलमा आइतबार हुनेछ ।

Share: