ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? (आजको बजार भाउसहित)

242
0
Share:

काठमान्डौ/स्थानीय बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन एक हजार ७०० सय रुपैयाँ घटेर कारोबार भएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

 

आज चाँदीको मूल्य पनि घटेर कारोबार भएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: