बेरुजुबारे भ्रमपूर्ण समाचार प्रति नगरको गम्भीर आपत्ति, गलत अफवाहा नफैलाउन नगरपालिकाको अनुरोध

Share:

पुजन धिताल :- काठमान्डौ/काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले एक सञ्चार माध्यमले आफ्नो नगरपालिकाले रकम हिनामिना गरेको विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ । पालिकाले आज एक सुचना जारी गर्दै सो समाचाप्रति ध्यानार्षण भएको भन्दै आपत्ति जनाएको हो ।

 

पालिकाले एक करोड ९२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै नेपाल समाचापत्रले हिजो एक समाचार प्रकाशण गरेको थियो । पालिकाले तलब बाहेक कर्मचारी र जनप्रतिनिधिहरुले एक वर्षको अवधिमा अनियमित तरिकाबाट रकम खर्च गरेको भन्दै सम्बन्धित व्यक्तिबाट रकम असुल गर्न लेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षकमार्फत नगरपालिकालाई निर्दैशन भन्दै प्रकाशित समाचारमा पालिकाले आफ्नो स्पष्टिकरण दिदै ध्यानार्षण गराएको हो ।

 

पालिकाले प्रकृयाबाट ७९ लाख ६४ लाख रुपैयाँ फछ्यौट भएको जानकारी गराएको छ । महालेखा कार्यालयबाट प्रारम्भिक रुपमा प्राप्त भएको केही बेरुजु असुल उपर भइसकेको, कागजपत्र तथा प्रमाण पेश भएको तथा पेश्की फछ्यौट भइसकेकोमा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त अन्तिम प्रतिवेदनमा केही बेरुजु नहटाइ प्रतिवेदन प्राप्त भएको तथा मिति २०७९ चैत २९ गते पालिकामा प्राप्त भएकोे प्रतिवेदन पश्चात् पनि बाँकी फछ्यौटको अवस्थामा रहेकोमा पालिकासँग कुनै सम्न्वय नगरी एकतर्फि समाचार प्रकाशन गरी भ्रम फैलाएको पालिकाको आरोप छ । समाचार प्रकाशन गर्ने निकायले सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशण गर्न तथा अफवाह नफैलाउन पालिकाले अनुरोध गरेको हो ।

 

ध्यानार्षण पत्रमा काभ्रेका १३ पालिका मध्ये कम बेरुजु हुनेमा चौथो र नगरपालिका मध्यको पहिलो नगर भएको महालेखाको ६० औ प्रतिवेदनमा उल्लेख छ। र केहि बेरुजुमा नगरले थप पेश गर्नु पर्ने कागजात पेश पश्चात प्रकिया मिल्ने उल्लेख गरीएको छ। संगै २०७९ चैत्र २९ गते पालिकालाई महालेखाको प्रतिवेदन पश्चात पनि बाकि बेरुजु फर्च्योटको क्रममा रहेकोमा पालिकालाई थप समन्वय नगरी समाचार सम्प्रेसण गरेर भ्रम फैलाउन खोजिएको देखिएकोले समाचार प्रकाशन गर्ने निकायले सत्य तथ्य जाच गरी समाचार प्रकाशन गर्न र गलत अफवाहा नफैलाउन नगरपालिकाले अनुरोध गरेको छ।

 

यस्तो छ नगरको सुचना :-

 

Share: