
काठमान्डौ/प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बरको जीपमा चालकसहित ८ जना सवार थिए । जीप स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा-४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्थानीयका अनुसार घटनामा परेको गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । प्रहरीले मृत्युको पुष्टि नगरे पनि सबैलाई अस्पताल पठाउन थालेको र अवस्था छुट्टाउन नसक्ने रहेको जनाएको छ ।
दाङको लमही-५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।