‘आदिपुरूष’को संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बालेनको चेतावनी

168
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

 

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।

 

उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द हटाउन भनेका छन् ।

Share: