धरानमा ‘आदिपुरुष’ को प्रदर्शन रोक्न हर्क साम्पाङको निर्देशन

320
0
Share:

काठमान्डौ/धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विवादिन दक्षिण भारतीय फिल्म आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका छन् । उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर उक्त फिल्म धरानमा प्रदर्शन नगर्न निर्देशन दिएको हो । उनले लेखेका छन्,’धरानमा आदिपूरुषको प्रदर्शन नगर्नु होला ! जय देश !’

 

यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आफ्नो पालिकामा उक्तथ फिल्म चल्न नदिने घोषणा गरिसकेका छन् ।सुरुमा काठमाडौंका मेयर बालेन शाहले चलचित्रमा रहेको संवाद हटाउन तीन दिने अल्टिमेटम दिएका थिए ।

Share: