उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

235
0
Share:

काठमान्डौ/उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

 

न्यायाधीश डा।मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन् । चलाउनेको तर्फबाट अधिवक्ता खतिवडालगायतले बहस गरेका थिए ।

 

अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

 

Share: