कौलीबाली साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्धित

378
0
Share:

काठमान्डौ/चेल्सीका कालिडोउ कौलीबाली युरोपियन फुटबल छोडेर साउदी प्रो लिगमा अनुबन्ध हुने पछिल्लो खेलाडी बनेका छन् ।

 

सेनेगलका रक्षक कौलीबालीलाई साउदी प्रो लिगको क्लब अल हिलालले अनुबन्ध गरेको हो । स्टाम्फोर्ड ब्रिजमा एक सिजन बिताएका कौलीबालीका लागि चेल्सीले आइतबार बिदाइ सन्देश लेखेको छ । ‘हामी कौलीबालीलाई क्बलमा पुर्याएको योगदानप्रति धन्यवाद दिन चाहन्छौँ । र, आउँदो करियरका लागि शुभकामना दिन चाहन्छौँ,’ चेल्सीको वेबसाइटमा लेखिएको छ ।

 

चेल्सीले कौलीबालीलाई चारवर्षे सम्झौतामा अनुबन्ध गरेको थियो । तर, सेनेगलका रक्षकले स्टाम्फोर्ड ब्रिजमा आशातित छाप छोड्न असफल रहे ।

 

उनले चेल्सीका लागि सबैखाले प्रतियोगितामा गरी ३२ खेल खेले । यसअघि, चेल्सीकै एन्गोलो कान्टे पनि साउदी प्रो लिगकै क्लब अल इतिहादमा अनुबन्ध भएका थिए ।

Share: