ललिता निवास प्रकरण : पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति

633
0
Share:

काठमान्डौ/ललिता निवास जग्गा हिनामिना मुद्दामा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न म्याद थप गरिएको छ । सङ्गठित अपराधमा अनुसन्धान गर्न काठमान्डौ जिल्ला अदालतले ९ आरोपितलाई सात दिन थुनामा राख्ने अनुमति दिएको हो ।

 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार नेपाल समरजङ्ग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमान्डौबाट पक्राउ गरेको हो ।

 

यस्तै, सिआइबीले आइतबार पनि काठमान्डौ महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की र नक्कली मोही बाबुराज महर्जनलाई पक्राउ गरेको थियो ।

 

केही दिनअघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की पनि पक्राउ परेका छन् ।

Share: