‘चुहिने घैला’

Share:

काठमान्डौ/एक जना वृद्ध बिहान सधैँ दुई वटा घैला खर्पन (काठमान्डौ उपत्यकामा प्रचलित, काँधमा नोल राखेर,दुईतिर मालसामान र भारी राख्न हुने गोलाकार नाङ्लो जस्तो भएको बोक्न प्रयोग गरिने साधन)मा राखेर आधा घण्टा परको कुवामा पानी भर्न जान्थे ।

 

उनले बोक्ने एउटा घैलो चर्किएको र चुहिने थियो । त्यसैले सो घैलामा घर पुग्दा आधा मात्र पानी बाँकी रहन्थ्यो भने अर्को घैला चाँहि राम्रो थियो र पुरै पानी घर पुग्थ्यो । घर पुग्दासम्म वृद्ध बाजेले एक र आधा घैला पानी मात्र पाउथे । यो सिलसिला दुई वर्षसम्म चल्यो । सधैँ एक र आधा घैला पानी मात्रले ती वृद्ध गुजारा गर्दथे । उनले सकेसम्म धेरै समय पानी बचाउथे, कम चलाउथे ।

 

यो अवस्थामा राम्रो घैलो सारै खुसि थियो । उसमा म राम्रो भन्ने घमण्ड थियो र चुहिने घैलालाई हरेक कुरामा बचन लगाउथ्यो । आफूले कुवाबाट पुरै पानी ल्याउन नसक्दा चुहिने घैला पनि दुखि र हतोस्साहित थियो ।

 

आफू काम नलाग्ने भए भन्ने हीनताबोध लिएर एक दिन चुहिने घैलाले ती वृद्धसँग कुवामा कुरा गर्यो । ‘म लज्जित छु मालिक, मैले हजुरको लागि पानी बोक्न सकिन । मलाई बरु बेची दिनुस, म हजुरको काम आउन सकिन’ सुक्क-सुक्क गर्दै चुहिने घैलाले भन्यो । ती वृद्धले मुसुक्क हासेर भने,’तिमीले बाटोमा तिम्रो पट्टि मात्र फूल र तरकारीहरु फले–फुलेको देख्यौ ? त्यो किन हो भने तिम्रो कमजोरी मलाई थाहा छ, तेसैले मैले बाटोको छेउ, तिम्रोपट्टि फूल र तरकारीका बिरुवाहरु रोपेको छु । जब-जब हामी घर फर्किन्छौँ तब तब तिमीबाट चुहिने पानीले ती बिरुवाहरु सिंचित हुन्छन् । दुइ वर्षसम्म मैले यही छेउबाट फूलहरु टिपेर पूजामा प्रयोग गर्दछु । तरकारीको जोहो पनि गरेको छु । तिमी बिना मैले तरकारी र फूल कसरी पाउछु र ? त्यसैले तिमी जस्तो छौँ मलाई प्यारो छौँ ।’

 

कथाको सन्देश:

हामी सबैमा कुनै न कुनै कमी र कमजोरी छन् । सर्बगुण सम्पन्न कोहि पनि हुँदैन । कर्मसिल व्यक्तिहरु आफ्ना कमजोरीहरुलाई छिचोल्दै, जीवनका उतार–चडाब झेल्दै आफ्नो लक्ष्यतर्फ अग्रसर हुन्छन् र सफल हुने गर्दछन् । त्यसैले कसैलाइ पनि उसको कमजोरीका कारण हेयको दृस्टीले हेर्नु हुँदैन । कमजोर व्यक्तिभित्र पनि राम्रा कुराहरु हुन्छन् त्यस्ता कुराहरुलाइ हामीले प्रोत्साहान गर्नुपर्दछ । कमल हिलोमा नै फुल्ने गर्दछ र रछ्यानमा रोपिएका बिरुवाहरु ले नै धेरै फल दिने गर्दछन् ।

Share: