काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

150
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसले लामो समयपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका हुन् ।

 

बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेका हुन् । काँग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो । विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ ।

 

काँग्रेसका एक पदाधिकारीका अनुसार असार २७ देखि केन्द्रीय समिति बैठक बोलाइएको छ। साथै जिल्ला सभापति बैठकलगायत विभिन्न विषयमा पनि आजको बैठकमा नेताहरूबीच छलफल भएको थियो ।

Share: