
काठमान्डौ/मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ । यो साताको आइतबारदेखि नै सुन-चाँदीको मूल्य यथावत रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

