मनाङ एयर हेलिकप्टर दुर्घटना अपडेट : ५ जनाको शव भेटियो

258
0
Share:

काठमान्डौ/सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था खुल्न सकेको छैन ।

 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्तकुमार भट्टराईले हेलिकप्टरमा सवार ५ जनाको शव भेटिएको बताए । उनले ५ जनाको मृत्यु भइसकेको जानकारी दिए । एक जनाको अवस्था भने अज्ञात रहेको उनले बताए ।

 

हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन । मनाङ एयरको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु सवार थिए । लाम्जुरामा भएको दुर्घटना स्थल ३६ सय ३४ मिटरको उचाइमा रहेको छ । स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

Share: