Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा – Lekhanpeeth

दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् ।

 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका छन् । दाहालको निधनको खबर थाहा पाएपछि उनीहरु श्रद्धाञ्जलि दिनका लागि अस्पताल पुगेका हुन् । अन्य पार्टीका नेताहरु पनि अस्पताल आउने क्रम जारी छ ।

 

दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिईन् ।

Share: