Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सचिव राउतको निवेदनलाई एकैसाथ पेश गर्न सर्वोच्चको आदेश – Lekhanpeeth

सचिव राउतको निवेदनलाई एकैसाथ पेश गर्न सर्वोच्चको आदेश

217
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दी प्रत्यक्षीकरण निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्नु भनी आदेश गरेको छ ।

 

न्यायाधीशहरु सुष्मालता माथेमा र डा। कुमार चुडालको इजलासले ललितानिवास प्रकरणमा थुनिएका अरु आरोपितहरुको निवेदनको साथमा राखेर सचिव राउतको निवेदन समेत पेश गर्नु भनी आदेश गरेको हो ।

 

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको निवेदन आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चको शुक्रबारको आदेश अनुसार सचिव राउतको निवेदन समेत आइतबार फेरि सुनुवाइ हुनेछ ।

Share: