राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

149
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।

 

सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गर्नुभएको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिए ।

 

यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ ।

Share: