
काठमान्डौ/सप्तकोशी किनारमा युवतीहरुबीच ग्याङ फाइट भएको छ । घट्नामा संलग्न एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा १९ वर्षीया प्रिति लिम्बु हुन् ।
सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भए छ । उक्त घटना असार २९ गते राती भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले प्रितिसहित ५ युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। उनीहरुले १९ वर्षीया मनिषा राई र अन्य १६ र १७ वर्षीया नाबालिगलाई कुटपिट गरेका थिए ।
सामान्य विषयमा झगडा हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न अन्य ४ जनाको खोजी गरिरहेको छ । प्रहरीका अनुसार कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन् ।