घट्यो सुन-चाँदीमो मूल्य, कतिमा हुँदैछ कारोबार ? (आजको बजारमूल्यसहित)

392
0
Share:

काठमान्डौ/हप्ताको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । हिजो बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य यस दिन प्रतितोला नौ सय रुपैयाँ घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य सहिजो तुलनामा ४० रुपैयाँले घटेको हो ।

Share: