Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Lekhanpeeth

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

330
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको छ ।

 

पार्क निर्माण गर्दा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जङ्ग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

 

जिल्लाको छायानाथ रारा नगरपालिका, वडा नम्बर २ मा पार्क निर्माण गर्दा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्ल, लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशर बहादुर रावल, इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सव(इन्जिनियर हस्त बहादुर मल्लले जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको जिल्ला वन कार्यालयको कम्पाउण्डभित्रको जग्गामा जिल्ला वन कार्यालयबाट पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई पार्क निर्माणस्थलको टुङ्गो नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई रु ।३८ लाख ४७ हजार ५ सय पेस्की उपलब्ध गराएको, गराएको र जिल्ला वन कार्यालयले अनुमति नदिएकोले सम्झौता बमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था भई निर्मित संरचनाहरूसमेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकी उपभोक्ता समितिलाई भुक्तानी भएको पेस्की फर्छ्यौट हुन नसकेको अख्तियारको ठहर छ ।

 

उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

Share: