रेखा थापाको ‘उपहार’मा बेनिशा हमाल र मिस्टर नेपाल समर्पणजंग कार्कीको ‘इन्ट्री’

363
0
Share:

काठमान्डौ/रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘उपहार’मा अभिनेत्री बेनिशा हमाल र मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की फिल्ममा अनुबन्धित भएका छन् ।

 

निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको बताएकी छन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी मिस्टर नेपाल घोषित हुनुअघि नै साइन भइसकेको रेखाले जानकारी दिइन् ।

 

बुद्ध एयरका व्यावसायिक पाइलट समेत रहेका कार्कीको यो डेब्यु फिल्म हो । उपहार’ निर्देशक समेत रहेका ज्ञानेन्द्र देउजा र रेखाको सहकार्य रहेको फिल्म ‘हिफाजत’मा अहिलेका चर्चित सिनेम्याटोग्राफर विष्णु कल्पित र अभिनेता आयुष रिजालले डेब्यु गरेका थिए । यो फिल्मलाई विष्णु कल्पितले खिच्नेछन् ।

 

फिल्मको शीर्ष भूमिकामा यसअघि रेखासहित पूजा शर्मा र मुकुन भुसाल पनि अनुबन्धित भइसकेका छन् । फिल्मको छायांकन भदौ ७ गतेदेखि सुरु हुने जनाइएको छ ।

Share: