Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भागबन्डा मिलाउन सारियो मुख्यमन्त्रीको शपथ – Lekhanpeeth

भागबन्डा मिलाउन सारियो मुख्यमन्त्रीको शपथ

Share:

काठमान्डौ/कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण कार्यक्रम सारिएको छ ।

 

मुख्यमन्त्री थापाले आज बिहान १०|:३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्रीको शपथ ग्रहण साँझ ५ बजेका लागि सारिएको हो ।

 

मुख्यमन्त्री थापाले मन्त्रालयको भाडबन्डा मिलाउन दलहरू छलफलमा रहेकोले शपथ ग्रहणको कार्यक्रम सारिएको बताए । मुख्यमन्त्री थापाले शपथ ग्रहणपछि गठबन्धन दलबाट एकरएक जनालाई मन्त्री बनाउने तयारी गरेका थिए ।

 

नयाँ मन्त्रीको सूचीमा एकीकृत समाजवादीबाट कमल जबेगु, काङ्ग्रेसबाट प्रदिप सुनुवार र सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम थिए ।

Share: