
काठमान्डौ/कोशी प्रदेशमा सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । सरकारका लागि दाबी पेस गर्न सभामुखबाट राजीनामा दिएका गौतमलाई माओवादी केन्द्रले मन्त्री बनाउन लागेको हो ।
हिजो ४६ जना सांसदको समर्थनसहित दाबी पेश गरेपछि कोशीमा कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री थापाले आज साँझ शपथ खाँदै छन् ।
मुख्यमन्त्रीसँगै सभामुखबाट राजीनामा दिएका गौतमले पनि मन्त्रीको शपथ खाने तय भएको स्रोतले जानकारी दिएको छ ।