Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? (आजको बजारमूल्यसहित) – Lekhanpeeth

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? (आजको बजारमूल्यसहित)

362
0
Share:

काठमान्डौ/बिहीबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको हो ।

 

बिहीबार सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

 

आज चाँदी भने प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो ।

Share: