Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा – Lekhanpeeth

चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा

Share:

काठमान्डौ/भगवान् विष्णुले पहिलो अवतार लिएको विश्वास गरिने मत्स्यनारायण (मच्छेनारायण) मन्दिर क्षेत्रमा चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण अभियान गरिएको छ । गत असार अन्तिम साता विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु गरिएको उक्त अभियान, विश्व सम्पदा क्षेत्र पशुपति बूढानीलकण्ठ हुँदै मत्स्यनारायण मन्दिर क्षेत्रमा गरिएको हो ।

 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा कीर्तिपुर नगरपालिका–४ बाट सुरु भएको अभियान मत्स्यनारायण मन्दिर क्षेत्रस्थित चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा पुगेर समापन गरिएको थियो । ‘सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ’ भन्ने मूलनाराका साथ सुरु गरिएको प्रभात फेरीमा ‘सूचना किन माग्ने ?’, ‘सूचना कहाँ माग्ने ?’, ‘कस्ता सूचना माग्ने ?’, ‘सूचना कसरी माग्ने ?’, ‘कस्कालागि माग्ने ?’, ‘सूचना नदिनेलाई के हुन्छ ?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

 

अभियानमा स्थानीयवासी, जनप्रतिनिधि र पुरुषोत्तममासको अवसर पारेर मत्स्यनारायणको दर्शन एवं पूजा, आराधनामा आएका भक्तजनको पनि सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले जनतालाई खुसी बनाउन अभियानका रुपमा यो कार्यक्रम सुरु गरिएको बताउनुभयो । उक्त अभियानलाई काठमाडौँका तीर्थस्थलमा निरन्तरता दिइने उपाध्यक्ष विनोद बस्नेतले जानकारी दिए । साउनको अन्तिम साता मैतीदेवी मन्दिर क्षेत्र, डिल्लीबजार एवं घट्टेकुलो क्षेत्रमा पनि सो अभियान गरिने जनाइएको छ ।

Share: